वल्ड समिट अवार्ड-२०२२ सर्टलिस्टमा विराटनगरबाट क्यूरा हेल्थ

<span class='c1'>वल्ड समिट अवार्ड-२०२२ </span> <span class='c2'>सर्टलिस्टमा विराटनगरबाट क्यूरा हेल्थ</span>

काठमाडौं । विराटनगरबाट वर्ल्ड समिट अवार्ड २०२२ मा क्युरा हेल्थ सहित नेपालबाट ३ प्रडक्ट सर्टलिस्ट भएका छन् ।

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको सर्टलिस्टमा छनोट भएका छन् ।

एब्लुएसएमा यस वर्ष ७९ बढी देशबाट ३२५ नोमिनेसन आएका थिए, जसमध्ये ५९ देशका १३७ प्रडक्ट डब्लुएसए २०२२ मा सर्टलिस्ट भएका छन् ।

नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप, हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थ र लर्निङ एण्ड एजुकेशन विधा अन्तर्गत वेद छानिएको नेपालका लागि डब्लुएसए नेसनल टिम एक्सपर्ट राजन लम्सालले जानकारी दिए ।

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टर्नेसनल सेन्टर फर न्यू मिडियाले डब्लुएसए आयोजना गर्दै आएको छ ।

सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म विश्वका १८२ देशका प्रडक्टले सहभागिता जनाइसकेका छन् । अवार्ड ९ विधामा प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्