दुर्घटना गराएर फरार चालक र सवारीको हुलिया पछ्याउँदै मोरङ ट्राफिक

<span class='c1'>दुर्घटना गराएर फरार चालक र</span> <span class='c2'>सवारीको हुलिया पछ्याउँदै मोरङ ट्राफिक</span>

विराटनगर । एक व्यक्तिको ज्यान जाने गरि दुर्घटना गराएको सवारी र चालकको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलि दशैंभर जिल्ला दौडाहामा लागेको छ । हुलियाका आधारमा चालक र सवारी नम्बर पत्ता लगाउनु पर्ने अवस्था आएपछि असोज १८ गतेदेखि यता दैनिक जसो जिल्लाका सबै क्षेत्रमा पुग्नुपर्ने बाध्यता आईपरेको हो ।

असोज १९ गते नवमीको दिन मोरङको ग्रामथान गाउँपालिका–५ का ४२ वर्षीय सगरलाल माझीको दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनापछि चालक र सवारीको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

‘दशैं नै तनावमा बितेको छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीले भने–हुलियाका आधारमा चालक र सवारी खोजिरहेका छौं । उनले केहि तथ्यका आधारमा नजिक पुगेपनि अहिले नै यकिन गर्न सक्ने अवस्था नभएकोले पर्ख र हेरको अवस्थामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्