घर र भवनको नक्सा पास गर्न विराटनगर महानगरको सय दिने अल्टिमेटम

<span class='c1'>घर र भवनको नक्सा पास गर्न</span> <span class='c2'>विराटनगर महानगरको सय दिने अल्टिमेटम</span>

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरुको एक सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

“विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले एक सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई अनुरोध छ,” महानगरको सूचनामा भनिएको छ, “तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७५ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णयबमोजिम कारबाही भई जाने ब्यहोरासमेत सूचित गरिन्छ ।”

महानगरमा मेयर नागेश कोइरालाको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै सुशासन, महानगर सरसफाई, फुटपाथ खाली, नाला सफाई, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन पाइएको मेयर कोइरालाले बताए । उनले राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिए । “हामीले एक सय दिने सूचना जारी गरेकेका छौं,” मेयर कोइरालाले भने, “सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।” महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन–चार तलेसम्म बनाएको पाइएको बताए । उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो ।

यसअघि असोज १५ गते महानगरले सीमा पर्खा नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्