एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् ।

यो एक प्रकारको छात्रवृत्तिको रुपमा प्रदान गरिने प्रोजेक्ट तालिम मानिन्छ । संस्थाले आयोजन ागर्ने तालिमहरुमा एस्पायरमा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीले अवसर पाउने भएका हुन् ।

कलेजका अध्यक्ष विकास अधिकारीका अनुसार आगामी असोज ३०, ३१ र कार्तिक १ गते धुलिखेलमा हुने तालिममा एस्पायर कलेजका विद्यार्थी समेत सहभागी हुने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा प्रदेश १ मै पहिलो कलेज एस्पायर स्थापना भएको छ । कलेजमा यस्ता अवसरहरु आईरहने दावी गरिन्छ ।

अध्यक्ष अधिकारीले होटेल÷हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमका लागि समेत नयाँ अवसरहरुको प्रयास भईरहेको जानकारी दिएका छन् । कलेजमा दुवै शैक्षिक कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीहरुलाई अझै पनि अवसर खुल्ला राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्