विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा ढकालले दुवै प्रदेशसभा निर्वाचनका उम्मेदवारसहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नम्बर ४ को प्रदेश (क) बाट जयप्रकाश चौधरी र (ख) बाट जीवन घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि ४ (ख) जसपाको भागमा परेको थियो । तर, एमाले नेताहरुको चौतर्फी दवावबाट क्षेत्र नम्बर ५ का सबै निर्वाचन क्षेत्र जसपालाई दिने सहमतिमा ४ (ख) मा घिमिरेलाई नै फर्काएको हो ।
घिमिरे प्रदेशको सामाजिक विकास मन्त्री भएको बेला राम्रो काम गर्ने नेतामा पर्दछन् ।
उनको क्षेत्रमा पार्टीको जनाधार बलियो बनेको बेला जसपालाई दिएपछि मोरङका नेताहरुले काठमाण्डौं गएर घिमिरेलाई टिकट दिनुपर्ने लविङ गरेर फर्केका थिए ।