विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट प्रतिनिधि सभा सदस्यमा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्।
अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विराटनगर ११ जनपथ टोल निवासी उनी सामाजिक रुपमा लागेका व्यक्ति हुन् ।
अधिकारीले आज उनका साथीभाई तथा समर्थक सहित उम्मेदवारी दर्ता गराएका छन् ।