झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

<span class='c1'>झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र</span> <span class='c2'>नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता</span>

मङ्गलबारे । इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराउनुभएको छ । खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन गर्दा गराउनुभएको छ । सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट (क) मा खिनु लङ्वाले मनोनयन दर्ता गराउनुभएको छ । एकीकृत समाजवादीबाट उहाँले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा इलाम क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराउनुभएको हो ।

उहाँको समर्थकमा एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदी रहनुभएको छ भने प्रस्तावकमा एमाले फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल रहनुभएको छ । त्यस्तै गठबन्धनको तर्फबाट सो क्षेत्रमा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । उहाँलाई गठबन्धनका दलहरूको समर्थन रहेको छ ।

यही निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले समेत मनोनयन दर्ता गराउनुभएको छ । प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गराउनुभएको छ । (ख) मा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छा लावतीले मनोनयन दर्ता गराउनुभएको छ ।

एमालेका तर्फबाट (क)मा गणेश बराल र (ख) मा राम रानाले मनोनयन दर्ता गराउनुभएको छ । बराल निवर्तमान जिल्ला समन्वय समिति सभापति हुनुहुन्छ भने राना प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्