बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

<span class='c1'>बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी</span> <span class='c2'>केन्द्र प्रदेश १ को निर्देशन</span>

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आज अबेर एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले पार्टी निणर्यविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् ।

‘पार्टी र गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ भने समयमै उक्त उम्मेद्वारी फिर्ता गर्न र पार्टी निणर्य विरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेद्वारहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौं ।’

उनले अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन् ।

‘नेपाली राजनीतिमा अहिले देखा परिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गरी, वैज्ञानिक समाजवाद स्थापनार्थ समृद्ध मुलुक निर्माण गरी देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन पुनः बाम र लोकतान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता रहेकोले बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरी हामी निर्वाचनमा होमिएका छौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यहि मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गर्नुभएका गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउने अभियानमा एक ढिक्का भई सामेल हुन हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ता, सदस्य, समर्थक र आम शुभचिन्तकहरुमा अनुरोध गर्दछौं ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्