मोरङका ६ संघीय र १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा को–को भिड्दै

<span class='c1'>मोरङका ६ संघीय र १२</span> <span class='c2'>प्रदेशसभा निर्वाचन क्षेत्रमा को–को भिड्दै</span>

विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङमा २०७ जनाले उमेद्वारी दिएका छन् । संघीय निर्वाचन क्षेत्र ६ र १२ प्रदेशसभा सदस्य गरि १८ पदका लागि २०७ जनाले उम्मेदवारी दिएका हुन् । छ संघीय निर्वाचन क्षेत्रमा ९८ जनाको उम्मेदवारी परेको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी परेको हो ।

कसले कहाँ दर्ता गराए ?
मोरङ क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपालप्रसाद थापाका अनु्सार प्रदेशसभातर्फ सोही निर्वाचन क्षेत्रको ‘क’ मा ४ र ‘ख’ मा ५ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निवर्तमान सांसद घनश्याम खतिवडा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिकबहादुर लिम्बूले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल बहादुर श्रेष्ठ, स्वतन्त्रबाट तिलक बहादुर मगर, राप्रपाबाट होमनाथ गौतम, स्वतन्त्रबाट मनिषा सुवेदीलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिएका छन् ।
यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा पनि लिम्बू र खतिवडा चुनावी मैदानमा उत्रिएका थिए । त्यस बेलाको निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ।
प्रदेशसभातर्फ मोरङ १ को ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रमा कुलबहादुर साम्बा र एमालेबाट उमाकान्त गौतमले उम्मेदवारी दिएका छन् । माओवादीका साम्बा निवर्तमान प्रदेश सांसद हुन् । यस क्षेत्रमा स्वतन्त्रबाट फुल कुमारी पण्डित राई, राप्रपाबाट पूर्णबहादुर तामाङले प्रदेशमा उम्मेदवारी दिएका छन् ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका उपेन्द्र घिमिरे र एमालेबाट खड्ग बहादुर बस्नेतको उम्मेदवारी परेको छ । घिमिरे प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री हुन् । स्वतन्त्रबाट दिपक राई, डिल्लीराम शर्मा अधिकारीलगायतले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ मा को–को ?
मोरङको क्षेत्र नं. २ का निर्वाचन अधिकृत नरेन्द्र केशरी पोखरेलका अनुसार यस क्षेत्रमा मा ३० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यमा १२, प्रदेश ‘क’ मा ११ र ‘ख’ मा ७ जनाको उम्मेदवारी परेको हो ।
गठबन्धनबाट कांग्रेस नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल छन् । नेपाल किसान पार्टीबाट सुरेश कुर्वा, हाम्रो नेपाली पार्टीबाट विनोदमणी भट्टराई, राप्रपाबाट गोपाल दाहाल, लोसपाबाट नारायण प्रसाद गनगाइ, स्वतन्त्रबाट विशेश्वर ऋषिदेवलगायत छन् ।
यसैगरी प्रदेश ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गणेश उप्रेती (सुशील) ले र एमालेबाट दानबहादुर कार्कीको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट शमसेर बहादुर कार्की, फडिन्द्र थापा, राजेन्द्र शर्मालगायत छन् ।
प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा गठबन्धनबाट कांग्रेसका विनोद कार्की र एमालेबाट लिलाबल्भव अधिकारीको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट विष्णु बहादुर थापा, मो. कमुल मियालगायत छन् ।

मोरङ क्षेत्र नंम्बर ३, नायिकादेखि मेडिकल सञ्चालकसम्म
मोरङ क्षेत्र नं. ३ मा संघ र प्रदेशमा गरी ५० जनाले उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यमा २९, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा १४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले जानकारी दिए ।
संघमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकालको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नायिका रेखा थापाले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएकी छन् ।
यस क्षेत्रको प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका शेखरचन्द्र थापाले र एमालेबाट दिलिप कुमार राई छन् । थापा प्रदेश १ मा वन तथा वातवरण मन्त्री हुन् भने राई पथरीशनिश्चिरे नगरपालिकाको निवर्तमान प्रमुख हुन् । राप्रपाबाट तिर्थबहादुर गुरूङ, स्वतन्त्रबाट धनबहादुर कार्कीलगायतको उम्मेदवारी छ ।
प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा एमालेबाट ज्ञानेन्द्र सुवेदी र गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका लक्ष्मी कुमार श्रेष्ठको उम्मेदवारी छ । सुवेदी बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख हुन् । श्रेष्ठ सुकुना स्कुलका पुर्व प्रधानध्यापक हुन् । यस्तै राप्रपाबाट रमेश रिजाल, स्वतन्त्रबाट यामकुमार श्रेष्ठलगायत छन् ।

मोरङ क्षेत्र नंं ४
मोरङ क्षेत्र नं. ४ मा संघ र प्रदेश गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत मणिराज पोखरेलका अनुसार संघमा १७, प्रदेश ‘क’ मा ८ र ‘ख’ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदीले र एमालेबाट विनोद ढकालले उम्मेदवारी दिएका छन् । मोदी निवर्तमान सांसद हुन् भने ढकाल एमालेका केन्द्रीय सदस्य । २०७४ सालको निर्वाचनमा मोदीले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई यस क्षेत्रमा पराजित गरेका थिए । यस पटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ ।
यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्र प्रसाद शिवाकोटी, स्वतन्त्रबाट महेश नेपाल, गोकुलप्रसाद पोखरेल, लोसपाबाट लक्ष्मण साह, राप्रपाबाट रवि रिजाल, नेमकिपाबाट श्यामबहादुर दर्जी, नेपाली कांग्रेस (बीपी) बाट अशोक पौडेल छन् ।
निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका गुरूराज घिमिरे र एमालेबाट जय प्रसाद चौधरीको उम्मेदवारी छ । प्रदेशसभातर्फ राप्रपाबाट आश नारायण थारु, लोसपाबाट हेमन्ती कुमार सरदार, स्वतन्त्रबाट प्रधुमन चौधरी, नेपाली कांग्रेस (बीपी) बाट श्याम कुमार चौधरी छन् ।
यसैगरी निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट कांग्रेसका भीम पराजुली र गठबन्धनबाटै एकीकृत समाजवादीका नेता महेश रेग्मी पनि छन् । एमालेबाट जीवन घिमिरेले उम्मेदवारी दिएका छन् । जसपाबाट सन्जय कुमार सिंह राजपुतले पनि उम्मेदवारी दिएका छन् । राप्रपाका माधव प्रसाद आचार्य, स्वतन्त्रबाट पशुपति कुमार माझी, भिम बहादुर राजवंशीलगायत छन् ।
प्रदेशसभामा उम्मेदवारी दिएका कांग्रेसका पराजुली विराटनगर महानगरपालिकाका पूर्व प्रमुख हुन् । यस्तै एमालेका उम्मेदवार घिमिरे पूर्व सामाजिक विकास मन्त्री हुन् । यस क्षेत्रमा एमाले र काँगेसका उमेदवारबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । घिमिरे यस क्षेत्रका लागि हेवीवेट मानिन्छन् ।

मोरङ क्षेत्र नम्बर ५
मोरङ क्षेत्र नं. ५ मा ३२ जनाको उम्मेदवारी परेको छ । संघमा १६, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गणेश नायकले बताएका छन् ।
गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाबाट राजकुमार यादवले संघमा उम्मेदवारी दिएका छन् । एमालेका योगेन्द्र मण्डलले एमाले–जसपा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका गयानन्द मण्डल र एमालेका सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट सोनल कुमार गुप्ता, स्तवन्त्रबाट रुपेश कुमार मण्डल, कलानन्द साहलगायत छन् ।
निर्वाचन प्रदेश ‘ख’ मा गठबन्धनबाट कांग्रेसका अमृत आर्याल र जसपाबाट जयराम यादवको उम्मेदवारी छ । अर्याल कांग्रेसका केन्द्रीय सदस्य र यादव प्रदेश १ का स्वास्थ्य मन्त्री छन् । एमालेकी निवर्तमान प्रदेश सांसद बसन्तीदेवी यादवले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् । स्वतन्त्रबाट भुराज राईले पनि प्रदेशमा उम्मेदवारी दिएका छन् ।

मोरङ ६ मा को–को ?
मोरङ क्षेत्र नं. ६ मा ४३ जनाको उम्मेदवारी परेको छ । संघमा १६, प्रदेश ‘क’ मा १३ र ‘ख’ मा १४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
गठबन्धनबाट कांग्रेसका नेता शेखर कोइराला र एमालेबाट लालबाबु पण्डितले संघमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट गोपाल कटुवाल क्षेत्री, स्वतन्त्रबाट सरोज नेपाल, लक्ष्मी थेबेलगायत छन् ।
प्रदेश ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य र एमालेबाट रिता न्यौपानेले उम्मेदवारी छ । प्रदेश ‘ख’ मा गठबन्धनबाट कांग्रेसका केदार कार्कीले र एमालेबाट पर्शुराम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट प्रदेशमा राजेन्द्र प्रसाद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्