उमेदवार विरुद्ध आज उजुरी र जाँचबुझ

उमेदवार विरुद्ध आज उजुरी र जाँचबुझ

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध सोमबार (आज) उजुरी दिन र त्यसको जाँचबुझ गरी निर्णय गर्ने दिन कार्यतालिका छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार उमेदवारको विरोधमा उजुरी दिने समय १० बजेदेखि ३ बजेसम्मलाई राखिएको हो ।

परेका उजुरी उपर ३ बजेदेखि ५ बजेसम्म जाँझबुझ र निर्णय गर्ने समय तोकिएको छ । मनोनयन विरुद्ध उजुरी परे त्यसको जाँझबुझ र निर्णयपछि मंगलबार उमेदवारको नामावली प्रकाशन, बुधबार उमेदवारी फिर्ता लिने समय तोकिएको छ । बुधबार नै उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्