विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरेर मनाइयो

<span class='c1'>विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा</span> <span class='c2'>विभिन्न कार्यक्रम गरेर मनाइयो</span>

विराटनगर । विश्व मानसिक स्वास्थ्य दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । अक्टोबर १० का दिन मनाईने यो दिवस ‘सवैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मूल नारासहित सोमबार कोसी अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

मानसिक स्वास्थ्यका बारेमा जनचेतनामूलक र जागरण गराउने उद्देश्यले व्यानरसहित कोसी अस्पताल हुँदै तीनपैनी र विराटनगरका मेन बजार परिक्रमा गरिएको कोसी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत चिकित्सक, अन्य क्षेत्रमा कार्यरत चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

घर, समाजमा रहेका मानसिक स्वास्थ्य सम्बन्धिका बिरामीहरुलाई हेला गरेर भन्दा पनि पारिवारिक साथ, माया दिएर उपचारमा लागि पर्नुपर्नेमा डा. चालिसेको भनाई छ । मानसिक स्वास्थ्य मानिसको जीवनका लागि अभिन्न रहेको बताउदै उनले सबैको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्