७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

<span class='c1'>७६ जिल्लामा फैलियो डेङ्गु,</span> <span class='c2'>४४ को मृत्यु</span>

काठमाडौं । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ ।

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्