विराटनगरमा पाँच दिने डिजाईनर ब्लाउज तालिम संचालन हुने

<span class='c1'>विराटनगरमा पाँच दिने डिजाईनर</span> <span class='c2'>ब्लाउज तालिम संचालन हुने</span>

विराटनगर । डिजाईनर ब्लाउज बनाउन सिक्न चाहनेहरुको लागि विराटनगरस्थित तनश्का फेसन स्टुडियोले पाँच दिने कोर्स संचालन गर्ने भएको छ ।

पहिलेबाट नै सिलाई बुनाई जानेकाहरुको लागि उपयुक्त हुने यस कोर्समा सहभागीहरुलाई फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले प्रशिक्षण दिनु हुनेछ ।

५ दिने तालिममा प्राक्टिकल सहित डिजाईनर ब्लाउज तयार पर्ने सबै प्रक्रियाहरुको बारेमा सिकाईने बताउनु हुदै फेसन डिजाईनर कट्टेलले तालिममा सहभागी भएपछि कुनै पनि प्रकारको डिजाईनर ब्लाउज तयार पार्न सक्ने जानकारी दिनु भयो ।

असोज २९ गते शनिवार देखि सुरु हुने तालिम कार्तिक २ गते सम्पन्न हुनेछ । विराटनगरको पिपल चौकस्थित तनश्का फेसन स्टुडियोमा संचालन हुने तालिममा सहभागी हुन ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले विराटनगरमा तनश्का बुटिक समेत संचालन गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्