नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा फारम छैन, प्रदेशबाट स्वतःछनौट

<span class='c1'>नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा</span> <span class='c2'>फारम छैन, प्रदेशबाट स्वतःछनौट</span>

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय प्रतियोगिताका लागि छानिएका हुन् ।

छानिएकाहरु समेत अन्तर जिल्लामा परेका छन् । मोरङबाट ५ जनाले जिल्लामा फारम भरेर छनौट प्रतियोगितामा सहभागी भएका थिए । भएकामध्ये ४० केजी तौल समूहबाट शुभम् पासवान मात्रै थिए । जिल्लाले प्रदेशमा पठाएको विवरणमा मोरङबाट पासवानको मात्रै नाम रहेको थियो ।

प्रदेशस्तरीय प्रतियोगिताबाट ४५ केजी तौल समूहमा विराटनगरका पार्थ कोइराला सोलुबाट छानिएका छन् । उनले सोलु र मोरङ दुवै जिल्लाको छनौट पार नगरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाएका हुन् । छानिएकामध्ये ५० केजी तौल समूहमा चिरण राई–ओखलढुंगा, ५५ केजी तौल समूहमा मनिष कार्की ओखलढुंगा, गौरव आचार्य सोलुखुम्बु, खुल्ला तौल समूहमा प्रकाश विश्वकर्मा छन् । यीमध्ये गौरव आचार्यले सोलुबाट फारम नभरी प्रदेशमा र खुल्ला तौल समूहमा छानिएका विश्वकर्मा मोरङबाट छन् । विश्वकर्मा भने काभ्रे जिल्लाका रहेको पाइएको छ । उनले मोरङमा जिल्लास्तरीय फाराम भरेका छैनन् ।

पुरुषतर्फ मात्रै नभई महिलामा समेत ४५ केजी तौल समूहमा सोलुखुम्बुबाट छानिएकी रुपा मगर प्रदेशस्तरीय प्रतियोगिताबाट सिधैं तानिएकी छिन् । महिलामा ४० केजी तौल समूहबाट श्रृष्टि आङदम्बे–पाँचथर, ५० केजी तौल समूहबाट बिना तुम्बापो–पाँचथर, ५५ केजी तौल समूह ईक्षा माङ्गलाल लिम्बु–पाँचथर, खुल्ला तौल समूहबाट सुजिता राई–भोजपुर छन् ।
छनौट प्रतियोगितामा मुख्य जुरी रोशन कपाली थिए । उनी फुल कन्ट्याक्ट कराँते महासंघका हुन् । यसैगरी मुख्य निर्णायक मिनबहादुर गुरुङ र प्रदेश प्रतिनिधि तथा प्रदेश खेल संयोजक नन्द कुमार किराँती थिए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र टिम मेनेजर तोकिएका दावा शेर्पाको योजनामा खेलाडी छनौटमा झेली भएको आरोप छ । तर, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले यस्तो हुनसक्ने संभावना नरहेको दावी गरे । उनले ३६ वटा खेल विधाका २५ हजार खेलाडी जिल्लास्तरीय छनौट प्रतियोगितामा सहभागी भएको जानकारी दिए । जसमध्ये प्रदेशमा ७ हजार छनौट भएका थिए । ती खेलाडीबाट ८३८ जना राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौटमा परेको बताए ।

फुल कन्ट्याक्टको जिल्ला जिल्लामा कोच नै छैनन्, सदस्य सचिव वाग्लेले भने–प्रदेश भित्रकै खेलाडीहरु छनौटमा जुनसुकै जिल्लाबाट परेपनि त्यसलाई धेरै ईस्यू बनाउन नमिल्ने बताए । उनले आफू हारेपछि जित्नेलाई अवसरबाट बन्चित गराउन मात्रै अन्तिम समयमा आएर विषयान्तर गरिएको बताए । समयमै प्रदेश खेलकुद विकास बोर्डमा जानकारी गराएको भए आफूले करेक्सन गर्न सक्ने भएपनि अब प्राप्त भएको सूची राष्ट्रिय खेलकुद परिषद्मा पठाईसकिएको जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन ऋषिदेवले जिल्लामा फारम नै नभरेका दुईजना खेलाडी मोरङको सूचिमा छनौट भएको पाइएपछि प्रदेश खेलकुद परिषद्लाई लिखित जानकारी गराइएको बताए । उनले जिल्लाको नाम बेचेर राष्ट्रिय खेलकुदमा पठाउन नमिल्ने बताए । निर्णायकहरुले चलख्याँई गरेर यस्तो गलत काम भएको बताउँदै उनले प्रदेशस्तरीय छनौट प्रतियोगितामा खटिनेहरुलाई कारवाही हुनुपर्ने बताएका छन् । मोरङ जिल्लास्तरीय छनौटमा नपरेका उनीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी गराउन नमिल्ने सुझावसहित प्रदेशलाई जानकारी पठाइएकोले करेक्सन हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष ऋषिदेवको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्