बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
गत असोज १७ गते होटलमा आएका गुरुङ र सञ्चालक अधिकारी, स्टाफ बिमला र अमृतले सँगै तास खेलेको थिए । मादक पदार्थ पीएका उनीहरुबीच तास खेल्ने क्रममा विवाद उत्पन्न भएको थियो । त्यस क्रममा तीनजना मिलेर गुरुङलाई लोहोरो र चक्कु प्रहार हत्या गरि १५० मिटर पर लगेर छोडेका थिइ । गुरुङलाई भोलिपल्ट मृत फेला पारिएको थियो ।
संलग्नमध्ये आचार्य र राई दम्पती हुन् । उनीहरु अधिकारीले सञ्चालन गरेको होटलका स्टाफ हुन् । प्रहरीले अनुसन्धान गर्ने क्रममा संलग्न आरोपमा अर्जुनधारा–११ का ३८ वर्षीय अधिकारी, फिदिम नगरपालिका–११ घर भई होटलमा काम गर्दै आएका २१ वर्षीय आचार्य र आचार्यको श्रीमती २३ वर्षीय बिमला घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।