विराटनगर । औद्योगिक जीवनबाट बिश्राम लिएर सामाजिक सेवामा क्रियाशिल विराटनगरका उद्योगी दिनबन्धु गोयललाई नागरिक सम्मान गरिने भएको छ । नागरिक अभिनन्दन समारोह समितिले असोज २८ गते गोयललाई सम्मान गर्ने भएको हो ।
एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गर्नु भएका गोयल अहिले झण्डै दुईसय सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । एक दशकदेखि औद्योगिक जीवनबाट बिश्राम लिएर सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आउनु भएका गोयलको सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव प्रमुख अथितिको रुपमा उपस्थित हुनुहुने अध्यक्ष सुरेशकुमार शर्माले जानकारी दिनुभयो ।
समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले कार्यक्रम बारे बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ । गोयललाई नेपाल तथा विदेशस्थित विभिन्न संस्थाले समेत त्यस अवसरमा सम्मान गर्ने भएका छन् ।