विराट व्यापार संघद्धारा मोरङ प्रहरीलाई १६ थान डिजिटल सेट फोन बितरण

<span class='c1'>विराट व्यापार संघद्धारा मोरङ प्रहरीलाई १६</span> <span class='c2'>थान डिजिटल सेट फोन बितरण</span>

विराटनगर । विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।

विराट व्यापार संघले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा नै पुगेर १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई बितरण गरेको हो । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमिति सदस्यीहरूले मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालालई डिजिटल सेट फोन हस्तान्तरण गरेका थिए ।
प्रहरीको आन्तरिक सुचना प्रणालि व्यवस्थापनको लागिको डिजिटल सेट फोन हस्तान्तरण गरेको विराट व्यापार संघको अध्यक्ष खत्रीले बताए । ६२ हजार १ सय मुल्य बरावरको उक्त फोन हस्तारन्तरण गरेको उनले बताए ।


कार्यक्रममा एसपी कोइरालाले प्रहरीको काम कारबाहीमा डिजिटल सेट फोनले सहजता प्रदान गर्ने बताए । ‘ प्रहरीको आन्तरिक सुचना प्रणालि व्यवस्थापनको लागिको डिजिटल सेट फोनले ठूलो सहयोग मिल्नेछ,’ एसपी कोइरालाले भने, ‘सबै फाटमा इन्टरकम सेटबाट खबर गरिनेछ ।’ एसपी कोइरालाले सीमत श्रोत साधनको प्रयोग गरेर शान्ति सुरक्षामा प्रहरी लागी परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्