फिरौती माग्न सिराहाबाट अपहरण गरेर विराटनगरमा हत्या, संलग्न तीनजना पक्राउ

<span class='c1'>फिरौती माग्न सिराहाबाट अपहरण गरेर</span> <span class='c2'>विराटनगरमा हत्या, संलग्न तीनजना पक्राउ</span>

विराटनगर । एकलाख फिरौती माग्न सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरमा हत्या गरिएको छ । सिराहाको गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो ।

घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले शुक्रबार बिहान नियन्त्रणमा लिएर उनीहरु बसेको विराटनगर बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउस चेकजाँच गर्दा सदाको लास लोबेड भित्रबाट बरामद भएको हो । उनको बिहीबार राती हत्या गरिएको खुलेको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा धनुषा कमलामाई नगरपालिका–६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई–५ कादुपाडाका मनोज कार्कीलाई नियन्त्रणमा लिइएको छ । घटनामा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीले बताएको छ । विराटनगर बसपार्कस्थित धनकुटे लजमा २४ र २५ गते बसेका उनीहरु २६ गतेदेखि न्यू अप्सरा गेष्ट हाउसमा सरेका थिए । उनीहरुले मृतक सदाका परिवारसँग एकलाख रुपिँया फिरौती मागेको मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो ।

अपहरणपछि परिवारले सिराहाको गोलबजार प्रहरी कार्यालयमा बिहीबार निवेदन दिएका थिए । अहपरण गरेर विराटनगर ल्याइएको देखिएपछि फिरौती मागेको रकम झिक्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । अपहरणमा संलग्न रहेका उनीहरुले विराटनगरमा आएपछि मनोज कार्कीसँग सम्बन्ध बनाएको खुलेको छ । बैंकबाट रकम झिक्नका लागि यहिंको व्यक्तिसँग सम्बन्ध बनाएको हुनसक्ने प्रहरी निरीक्षक नायकको भनाई छ ।

पैसा झिक्न कार्की र मण्डल गएका थिए । ठाकुर भने सदालाई हत्या गरेर राखिएको लोबेड माथि सुतिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ परेका थिए ।

उनीहरुले सदाको मुखमा पट्टी बाँधेर ईटाले हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ । मृतक सदाका आफन्तलाई प्रहरीले झिकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्