४ लाख बाउन्न हजार मूल्य बराबरको कपडासहित विराटनगरबाट २ जना पक्राउ

<span class='c1'>४ लाख बाउन्न हजार मूल्य बराबरको</span> <span class='c2'>कपडासहित विराटनगरबाट २ जना पक्राउ</span>

विराटनगर । भारतबाट कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ स्थित उखुबारीबाट शनिबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट ल्याइएको ४ लाख बाउन्न हजार पाच सय मूल्य बराबरको कपडासहित विराटनगर–१६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले भन्सार छलीको कपडासहित ऋषिदेव र यादवलाई बिहान साढे ४ बजेतिर पक्राउ गरेको हो ।

बोरामा प्याक गरेर ल्याइएको कपडा पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाको साथबाट १ सय १० पिस कुर्तासलवार, ५० पिस साडी, २ सय ५ पिस टप्स र २० पिस तन्ना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

बरामद गरिएको कपडासहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्