विराटनगर इन्टरनेसनल कलेजमा रोजगारी मेला सम्पन्न, बिद्यार्थीलाई बिभिन्न कम्पनीमा रोजगारीको अवसर 

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजमा रोजगारी मेला सम्पन्न,</span> <span class='c2'>बिद्यार्थीलाई बिभिन्न कम्पनीमा रोजगारीको अवसर </span>

विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थीको लागि उक्त रोजगारी मेला आयोजना गरेको छ ।

बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो ।बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित  कलेजमा शनिबार आयोजित रोजगारी मेलामा १६ बढी कम्पनीहरुको सहभागिता रहेको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले जानकारी दिए ।

रोजगारी मेलामा इसेवा,सानिमा बैंक,इनोभेट नेपाल ग्रुप, सुजल फुड्स, पिएलो ग्रुप,सुबिसु,सारडा ग्रुप, गोल्छा ग्रुप अन्तर्गतको डेल्टाटेक,फ्रोक्स जब.नक्षत्र डिजिटल,प्राइम लाइफ इन्सुरेन्स,सनराइज बैंक, सिभिल बैंक लगायतका कम्पनीको उपस्तिथी रहेको थियो। कलेजबाट ग्राजुएट भएका बिद्यार्थी साथै अन्तिम बर्षका बिद्यार्थीहरुको लागि  कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको हो ।

एकातिर रोजगारीको खोजिमा रहेका जनशक्ति र अर्कातर्फ रोजगारदाताले कम्पनीले आवश्यकताअनुसार कर्मचारी पाउन नसकिरहेको बेला आयोजना हुने मेलाले पुलको काम गर्ने अपेक्षा गरिएको कलेजका प्रमुख कार्यकारी ऋषिकेश वाग्लेले बताए  ।

साथै कार्यक्रममा रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल समेत  गरिएको थियो । कार्यक्रममा उपस्थित एक सय बढी बिद्यार्थीहरुले कलेजले आयोजना गरेको यस्तो कार्यक्रमले रोजगारदाता सम्म पुग्न सफल भएको बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा बिराटनगर इन्टरनेसनल कलेज ,  इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं .  इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्