छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरको पहलमा नहर सफाई

<span class='c1'>छठ पर्वलाई ध्यानमा राखेर विराटनगर</span> <span class='c2'>महानगरको पहलमा नहर सफाई</span>

विराटनगर । छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ ।

सुनसरी-मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् ।

बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ ।

लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाईलाई तीव्रता दिइएको छ । छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी-मोरङ सिंचाई आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ ।

हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्