विराटनगर महानगरद्वारा डेङ्गु नियन्त्रण र रोकथामका लागि तयारी

<span class='c1'>विराटनगर महानगरद्वारा डेङ्गु नियन्त्रण</span> <span class='c2'>र रोकथामका लागि तयारी</span>

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ ।

डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो । शनिबार स्वास्थ्यकर्मीहरुका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका को-र्डिनेटर डाक्टर सुरेन्द्र उरावले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँले भदौ यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो । उहाँले टायर, जार, नालीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो । डाक्टर उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित भएको उल्लेख गर्नुभयो ।

पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्