रानी-विराटनगर-इटहरी सडकका स्वीकृत बाहेकका जथाभाबी खुल्ला गरिएका डिभाइडर बन्द गरिने

<span class='c1'>रानी-विराटनगर-इटहरी सडकका स्वीकृत बाहेकका जथाभाबी</span> <span class='c2'>खुल्ला गरिएका डिभाइडर बन्द गरिने</span>

विराटनगर । प्रदेश नं १ को रानी-विराटनगर-इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ ।

आइतबार आन्तरिक मामिलातथाकानूनमन्त्रालयमाभएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निणर्य भएको हो ।

सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबीखुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निणर्य भएको मन्त्री केदार कार्कीले बताउनुभयो । यस्तै बैठकले सडकको सरसफाइ, बगैँचानिर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूणर् कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनकालागिबजार र मेन रोड क्षेत्र भित्र सिसी क्यामेराको जडान गर्नेका साथै पार्किङ व्यवस्थापनकालागिमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमाकार्य गर्ने निणर्य गरेको छ ।

बैठकले ६ लेनको सडक आयोजनाअन्तरगतकाकार्य गर्नका लागिआयोजनाकाइन्जिनियर प्रियङ्काझाको संयोजकत्वमातीन सदस्सीय कार्य सञ्चालन समिति गठन गरी काम गर्ने निणर्य भएको आन्तरिक मामिलातथाकानूनमन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो । जसमा ट्राफिक प्रहरी इनिक्पेटर राजकुमार कार्की र विराटनगर महानगरपालिकावातावरण इन्जिनियर सुदीक्षाकार्की सदस्यसचिव रहेका छन् । जसको अनुगमनआन्तरिक मामिलातथाकानूनमन्त्रालय र जिल्लाप्रशासनकार्यालयले गर्ने छ ।

मन्त्रीकार्कीको संयोजकत्वमाबसेको बैठकमा मोरङका प्रमुखजिल्लाअधिकारी काशीराजदाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सडक तथा सुरक्षानिकायकाअधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्