विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर बाल आश्रमलाई खाद्य सामग्रीहरू सहयोग गरेको छ।
विराटनगर १३ स्थित पूर्वाञ्चल बाल आश्रममा रहेका लगभग ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घरबाटै खाद्य सामग्रीहरू संकलन गरी सहयोग गरेको हो ।
अभिभावक सहयोग र स्कूल प्रशासनको प्रयासले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास भई एक अर्का प्रति सहयोगी भावना जागृत गर्न सहयोग गर्ने भन्दै स्कूलका अध्यक्ष मदन खतिवडाले बताए । ४ बोरा चामल, ६ बोरा भुजा, २५ केजी दाल, ४० प्याकेट चिउरा, ७ काटुन चाउचाउ, चकलेट, तेल,बिस्कुट जस्ता सामग्रीहरु संकलन गरेर बाल आश्रमलाई हस्तान्तरण गरेको स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज कुमार जैनले जानकारी दिए ।
यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सहयोगी भई समाजमा बाँच्न सिकाउनुका साथ साथै हाम्रो स-सानो सहयोगले कसैको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ भन्ने कुराको समेत ज्ञान दिने स्कुलका प्रिन्सिपल बिजय दाहालले बताए ।