प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री कार्की

<span class='c1'>प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ </span> <span class='c2'>: मन्त्री कार्की</span>

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताउनु भएको छ ।

प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताउनुभयो ।

मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरुको मर्मतगर्न सहयोग उपलब्ध गराएको बताउनुभएको छ ।

कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ण प्रहरीलाई सम्मान गरिएको थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वदेश तथा विदेशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको ठूलो योगदान रहेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भयरहित वातावरणमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न प्रहरीको काँधमा आएको जिम्मेवारी सफलतापूर्वाक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रहरी कार्यालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षकद्वय राजेश बाँस्तोला एवं जयराज सापकोटाले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न निरन्तरकार्य गरिरहेको धारणा राख्नुभयो ।

सो अवसरमा रु एक लाख राशिको साधनादेवी उत्कृष्ण प्रहरी पुस्कारबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर श्रेष्ठ र हबल्दार भुवेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । यसैगरी स्व. विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक पुरस्कारबाट प्रहरी हबल्दार तुलसीप्रसाद पोखरेललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्