भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण

<span class='c1'>भाटभटेनी सुपरमार्केटको नाममा</span> <span class='c2'>साइबर आक्रमण</span>

काठमाडौं । भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ ।

प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएकाे हाे ।

उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि 'बधाई' लेखिएको छ ।

तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ । त्यसको तल भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ, जसको उत्तर दिएको खण्डमा उनीहरूले पाँच हजार रुपैयाँ जित्नसक्ने भनिएको छ ।

उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।

त्यस्तै उक्त वेबसाइटमा तलतिर नक्कली प्रतिक्रिया राखिएको छ, जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्नसक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिसिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गरेर प्रयोगकर्तालई हैरान बनाउँछन् ।

सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्