विराटनगर । मोरङ जिल्लामा रगतको अध्याधिक कमिका कारण अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड प्रदेश नं १ कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी , वीमा अभिकर्ता र सर्वसाधारण गरी ६० जनाले एक/एक पिण्ट रगत दान गर्नु भएको शाखा प्रमुख केदार न्यौपानेले जानकारी दिनु भयो ।
इन्सुरेन्सले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फलफुल वितरण, प्रभातफेरी , नागरिकमा विमा सम्वन्धी जनचेतना जागरुक, सरसफाई लगायत कार्यक्रम आयोजना गर्ने जनाएको छ।
मोरङ जिल्लामा रक्तदानको कमीका कारण विरामी भएको अवस्थामा गर्भवती महिला,बालवालिका,जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने रगतको कमीपूर्ति गर्न सबै सङ्घसंस्थाहरुलाई खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न नेपाल रेडक्रस सोसाइटी मोरङले आव्हान गरेको छ ।