विश्व विद्यालयले स्वदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री राजेन्द्र राई

विश्व विद्यालयले स्वदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री राजेन्द्र राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रक्ुमार राईले विश्वविद्यालयहरुले विदेशमा बिक्रि गर्नका लागि हैन स्वदेशमै बसेर उत्पादनमूलक सेवा प्रदान गर्ने गुणस्तरिय शैक्षिक जनशक्त्ति आवश्यक रहेको बताएका छन् ।

मनमोहन प्राबिधिक विश्व बिद्यालयको दोस्रो सिनेट सभालाई बुधबार कुलपतिको हैसियतबाट सम्बोधन गर्दै मुख्यमन्त्री राईले स्वदेशमै योगदान गर्न रुचाउने दक्ष जनशक्त्ति उत्पादनगर्न सकेमात्र देशमा विकास तीब्र रुपले हुनेमा जोड दिएका हुन् ।

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी स्वदेशमा सेवा दिनसक्ने आवश्यक रहेकोमा मुख्यमन्त्रीको जोड थियो । मुख्यमन्त्री राईले प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेशको मात्र नभएर देशकै गौरब हुनुपर्ने सुझाव समेत दिए । हिमाल , पहाड र तराईलाई सुहाउँदो बिषयबस्तु चयन गरेर समय सान्र्दभिक कोर्ष तयारी गरि शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्