अबदेखि घरबहाल कर विराटनगर महानगरले नै उठाउने

<span class='c1'>अबदेखि घरबहाल कर विराटनगर</span> <span class='c2'>महानगरले नै उठाउने</span>

विराटनगर । संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । मेयर कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे । विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन ।

अन्तरक्रियामा वडाध्यक्षहरुले आफ्ना वडाहरुमा ठूल-ठूला व्यवसायिक फर्महरु भए पनि आफूहरुले कर संकलन गर्न नसकेको बताउनुभयो । धेरै व्यवसायीहरु करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले महानगरको विकासका लागि कर संकलनमा कठोर बन्नुपर्नेमा जोड दिएका । सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिन सक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कर संकलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका पपिूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्