मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिने : थपलिया

<span class='c1'>मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित</span> <span class='c2'>नगरिने  : थपलिया</span>

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिने बताएका छन् ।

विराटनगरमा शुक्रबार प्रदेश स्तरिय संचार संवन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

उनले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिने बताउदै उनले भने,‘ लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटो सहितको परिचय पत्र भए पनि हुन्छ ।’

उनले पछिल्लो समय आचारसहिंता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा तरंग मच्याउने प्रवितृत्ति आयोगका लागि चुनौतिको विषय रहेको बताए ।
स्पष्टीकरण कारवाही नभएर प्रकृयाको शुरूवात मात्रै भएको बताउदै उनले प्रदेश स्तरिय अन्तरक्रियामा संचार माध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाईदिन आग्रह गरे ।

उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्