विराटनगर । आमउपभोक्ताको चर्को जनगुनासो आएपछि विराटनगरमा अनुगमन टोलीले विराटनगरका होटल तथा रेष्टुरामा अनुगमनलाई निरन्तरता दिएको छ ।
वाणिज्य तथा आपुर्ति कार्यलय विराटनगर , जिल्ला प्रशासन कार्यलय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय , पव्लिक फोरम विराटनगरको टोलीले शुक्रबार विराटनगरमा अनुगमन गरेको हो ।
विराटनगर १२ रोडशेषमा रहेको ईन्र्टन स्टार होटलले बजारको मुल्य भन्दा दोब्बर रेटमा चिसो पेय पदार्थ बेचेको र रोयल व्रियानी हाउसमा मापदण्ड विपरीतको भान्सा कोठा प्रयोग गरेको भेटेको थियो ।
ईन्र्टन स्टार होटलले ५० रुपैयामा खरिद गरेको मिनि कोक ९९ सय रुपैया ४४ पैसा उपभोक्ताबाट लिएको थियो । विराटनगरका एक उपभोत्ताले ५० रुपैयामा खरिद गरेको कोकलालाई झन्डै सय रुपैयाको लिएको थियो । नियामक निकायले यसैका आधारमा होटललाई ५ दिनभित्र होटलले सेवा प्रदान गर्ने मुल्य लागत र कारण सहित कार्यलयमा पेश गर्न माग गरेको छ ।
यसैविच विराटनगर ट्राफिक चौकमा रहेको द रोयल ब्रियानी हाउसबारे आम उपभोत्ताले गरेको जनगुनासोसंगै नियामक निकायले सो ठाँउको पनि अनुगमन गरेको थियो ।
उपभोक्ताले गुणस्तरमा कमी तथा भान्सा कोठाको फोहोर बारे गुनासो गरेका थिए । अनुगमनका क्रममा रोयल ब्रियानी हाउस भित्र भान्सा कोठासँगै भाडा धुने र फोहोर फाल्ने एकै ठाँउमा भेटेको थियो । साथै खाने कुराको पनि गुणस्तर चेक गरेको थियो । रोयल ब्रियानी हाउसमा मापदण्ड विपरीत भान्सा कोठा भेटिएपछि ३ दिनभित्र सुधार गरी कार्यलयमा हाजिर हुन निर्देशन दिएको बाणिज्य कार्यलय विराटनगरका प्रमुख कमलदेव यादवले जानकारी दिनुभयो ।
यता रोयल ब्रियानी हाउसको संचालक पपु अन्सारीले ३ दिनभित्र सुधारका काम गर्ने प्रतिबद्धता गरेका छन् । यस अघि पनि विराटनगरको एक रेष्टुरेन्टमा साङलो सहितको चिकेन चिल्ली भेटिएको थियो ।