जिप्रका मोरङद्वारा विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

<span class='c1'>जिप्रका मोरङद्वारा विस्फोटक</span> <span class='c2'>पदार्थको ओसारप्रसारमा रोक</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनुभयो ।

उहाँले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए-गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।

प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्