विस्तृत शान्ति सम्झाैता र संविधान रक्षाका लागि काँग्रेससहितकाे गठबन्धन गरेकाे हो : प्रचण्ड

<span class='c1'>विस्तृत शान्ति सम्झाैता र संविधान रक्षाका लागि</span> <span class='c2'>काँग्रेससहितकाे गठबन्धन गरेकाे हो : प्रचण्ड</span>

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झाैता र संविधान रक्षाका लागि काँग्रेससहितकाे गठबन्धन गरेकाे बताएकाछन ।

विराटनगरमा आज आयाेजित सत्ता गठबन्धनकाे संयुक्त भेलालाई सम्बाेधन गर्दै उनले यस्ताे बताए ।
उनले ओलीले धाेका दिएपछि आफूले ज्ञान प्राप्त गरेकाे बताउँदै सहमति, सहकार्यकाे संस्कृति निर्माण शान्ति सम्झाैतापछि भएकाेले एकअर्कालाई सहयाेग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

जनयुद्ध र जनआन्दोलन पछि संविधान निर्माणबारे व्याख्या गर्दे उनले गाेरू गाडावाला अहिले टाउकाे उठाउन खाेजेकाे बताए ।
गठबन्धन १२ बुँदे सहमतिकाे पक्षपातिहरूकाे गठबन्धन रहेको बताउदै अर्काे गठबन्धन गाेरूगाडावाला गठबन्धन रहेको बताएब।

तमंसिर ४ गते एउटा ठूलाे संग्राम हुने बताउदै ´ उनले भने ।गठबन्धन नबनाएकाे भए शेरबहादुरकाे नेतृत्वमा सरकार पनि बन्दैन थियो।"

गठबन्धन दल एक ढिक्का रहेको बताउदै उनले भने", तपाईंहरू पनि एकताबद्ध हुनुहाेला । भाेट रूखमा, हँसियाहथौडा, कलमसबैमा एकापसमा हाल्नुस"
जिते अवसर नै अवसर हुने बताउदै अहिले अँध्यारो अनुहार लगाउनेहरूले नियुक्ति पाएपछि खुसी हुने बताए ।
ठूलठूलाे राजनीतिक परिवर्तन भएपनि जनताकाे सम्मृद्दि,सुशासन दिन नसकिएको बताउदै उनले यसले परिवर्तन उल्ट्याउने खतरा रहेकाले अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीविलाई न्याय र समृद्धि दिन पर्नेमा जोड दिए ।

अन्तिम विजयकाे यात्रामा छाैं रहेको बताउदै उनले भने", त्यसकारण लाेकतन्त्र विराेधि, परिवर्तन विराेधि, प्रतिगामिलाई पराजित गर्नुपर्छ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्