विराटनगरका युवा साहित्यकार नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

विराटनगरका युवा साहित्यकार नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

विराटनगर । विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो । १४ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।

दुई दशकभन्दा लामो समयदेखि पक्रकारितासँगै साहित्यमा सत्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पक्रकारितामा समेत सत्रिय छन् ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् ।

घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसर पारेर यही कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने चितवन परिषद्का निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्