विराटनगर । राजमार्गमा गाडी रोकेर आराम गरिरहेका चालकको सुनको सिक्री, ब्रासलेट चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत असोज ३० गते सुन्दरहरैंचा–४ पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ना ६ ख ६३९९ नम्बरको कन्टेनरमा सुतिरहेका चालक रामबहादुर गिरीको सामान लुट्न संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–९ बैगुनधुराका १९ वर्षीय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका–१ लेगुवाका २२ वर्षीय हेमबहादुर बस्नेत रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार उनीहरुले गाडी रोकेर त्यहिं भित्र आराम गरिरहेका चालकको सामान चोरेर फरार भएका थिए । उनीहरुको साथबाट सुनको सिक्री, ब्रासलेट, मोवायल, नगदर ४५ हजार, एटीएम कार्ड र राजश्व तिरेको रसिद समेत बरामद गरिएको छ ।