भाषणले छुदैन दिनभर काम गरेर साँझ छाक टार्ने कलावतीलाई

<span class='c1'>भाषणले छुदैन दिनभर काम गरेर</span> <span class='c2'>साँझ छाक टार्ने कलावतीलाई</span>

विराटनगर । दिँउसोको करिब २ः३० बजे भएको थियो । हाट (बजार) मा व्यापारीहरु सामान फिजाउँदै थिए । चाँडै आउनेहरु खानेकुराको परिकार बनाउदै बिक्री गर्दै थिए, कोही मोलमोलाई गर्दै थिए । दृष्य थियो ग्रामथान—४ मोतिपुरको । जहाँ साताको हटियाको चलहलपहल विस्तारै सुरु हुँदै थियो ।

त्यहि बजारको एक कुनामा गठबन्धन दलको कार्यलय उद्धघाटन कार्यक्रम सुरु हुनै लागेको थियो । राजनीतिप्रति आस्था र चासो हुनेहरु एकटकले मञ्चतर्फ मोडिएका थिए । व्यापार गर्न आउनेहरु आफ्नै व्यापारमा जमिरहेका थिए । त्यहि भिडमा भेटिएकी ४७ वर्षिया कलावती थारु भने आफूले ल्याएको समाग्री बिक्री गरेर घर फर्किने आतुरमा थिइन् । आफ्नै खेतमा उत्पादन गरेको चना, मटर, प्याज , लसुन र चामल बेच्न उनी त्यहाँ आएकी हुन् ।

नजिकै नेताहरुले भाषण गरिरहेका थिए । उनलाई भाषणले साँझ टार्न सकिदैन भन्ने थियो । आफ्नो व्यापारमा ध्यान थियो । ‘म बुझ्दिन नेताहरु के भन्छन्, मलाई त आफ्नो सामान बिक्री गरेर घर फर्किनु छ,’ उनले आफ्नो मातृभाषबाट कुरा सुनाउदै भनिन् ,‘चुनाव आयो रे मलाई त थाहा छैन ।’ आफ्नै खेतमा उत्पादन गरेको समाग्री स्थानीय बजारमा बिक्री गर्दा घर खर्च चलाउन सहज हुने उनी बताउछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्