विराटनगर । विराटनगरमा लक्ष्मीपुजाको अवसर पारेर राठी केवलले बजारमा मासकट प्रदर्शन गरेको छ ।

केवलले विराटनगरको ट्राफिक चोकदेखि सत्यनारायण मन्दिर सम्म मासकट निकालेको थियो ।

प्रचार तथा मनोरञ्जनको उदेश्यले उक्त मासकट निकालिएको केवलले जनाएको छ । मासकट हेर्न बालबालिका साथै वजार घुम्न आएका सबैजना झुमेका थिए ।

मासकटसंग फोटो खिच्नेको घुइँचो लागेको थियो । राठी केबलले विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादनहरुको प्रचार गर्दै सर्वसाधरणलाई मनोरञ्जन प्रदान गर्नका लागि केबलले मासकट प्रदर्शन गरेको थियो ।