मेयर कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

<span class='c1'>मेयर कोइरालाको नेतृत्वमा</span> <span class='c2'>छठ पूजास्थलको अनुगमन</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।

मेयर कोइरालाको नेतृत्वमा शनिबार बिहान उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो । टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए । स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए ।

मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्