विराटनगर । अस्ताउँदो सुर्यलाई आराधना गरेर आज छैठलाई अर्घ दिदैंछ । विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड सुरु भएको छ ।
आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिदैंछन् । प्रकृतिमा उत्पादन भएका वस्तुलाई पुजा सामाग्रीको रुपमा प्रयोग गरेर सूर्य देवतालाई अर्पण गर्ने पर्वको रुपमा छैठलाई बुझिन्छ ।
विराटनगरको सिंघिया, केशलिया र नहरमा साजसज्जापूर्वक निर्माण गरिएको पूजास्थलमा पुगेर विधिपूर्वक पूजाआराधना गरि पानीमा बसेर सूर्यलाई अर्घ दिनका लागि भक्तजनहरु पुग्न थालेका छन् ।