जमिनका उत्पादन सूर्यलाई अर्पण

जमिनका उत्पादन सूर्यलाई अर्पण

विराटनगर । जमिनमा उत्पादन भएका फलफुल र अनाज सूर्यलाई अर्पण गरेर प्रकृतिलाई जोड्ने छैठ पर्वमा आइतबार र सोमबार श्रद्धालुले जलासयमा पूजाआराधना गरेर मनाउँदैछन् ।
यो वर्ष आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिनका लागि भक्तजन साजसज्जा भएका जलासयमा पुगेका छन् ।
सजाएर चिटिक्क पारिएका विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङ सिंचाई आयोजनाकोे नहर, तलाउ र पोखरीहरुमा भक्तजनको घुँईचो लागेको छ ।

श्रद्धा र आस्थाले भरिएको छैठ प्रकृति र मानवबीचको अन्तर सम्बन्ध झल्काउनेस्तरमा भक्तजनबाट पूजाआराधना हुने गरेको छ । सूर्यको तापको सहयोगमा माटोमा उत्पादन भएका फलफुल र अनाज पूजा सामाग्रीको रुमपा अर्पण गर्ने परम्परा छ । जसले धर्ती र सूर्यबीचको सम्बन्धलाई समेत छैठको महत्वबाट झल्काउने गरेको छ ।

छैठमा चढाउने पूजा सामाग्री ४५ प्रकारका हुने मान्यता छ । जसमा अधिकांश फलफुल पर्दछन् । नरिवल, धूप, कलशुप, दाउरा, गागल, निबुवा, स्याउ, केरा, सुन्तला, शरीफा, पानी फल, पानको पत्ता, सुपारी, कपुर, रातो सिन्दुर, बाति, अनारस, कलश, चामल, चिउरा, सख्खर, हल्दी (बेसार) अदुवा, मुला, उखु, सुठुनी, अगरबत्ती, सलाई (मचिस), घ्यू, तेल, गाम्छा, फुल, बोडी, आपको पात र दाउरा, नासपाती लगायतको वस्तु लिएर जलासयमा भक्तजन पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्