विराटनगर । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा सम्पन्न भएको छ ।
ब्रतालु भक्तजनहरुले आइतबार बेलुका जलासयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजन कृतनगरी आज (सोमबार) बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो ।
सूर्य देवको उपासना गरिने छठ पर्व परिवार, सन्तानको सुख र समृद्धिको कामना गर्दै ब्रतालुले कठोर ब्रत बस्ने गर्दछन् । घाम र माटोसँग सम्बन्ध रहेको छठ पर्वका लागि ५४ प्रकारका पूजा समाग्री सूर्यलाई अर्पण गरिने प्रचलन रहेको छ । जसका लागि प्रसाद तयारी गर्दा सावधनाीका साथ ख्याल गर्नुपर्ने ब्रतालु पुनाम सिंह बताउछिन् ।
उनका अनुसार सूर्य देवलाई अर्पण गरिने सम्पूर्ण प्रसादहरु घरैमा चोखो गरी तयार पारिन्छ ।
ढिकी जाँतोमा पिसएको गहुँ तथा चामलको परिकार, माटोको भाँडामा जमाइएको दही, उखु, फूलमाला, मौसम, काँचो केरा, पानी फल। सुपारी, कपूर, सुठुनी, कुमकुम, निम्बू, नसपती, अगरबत्ती फलफूल, कोसिया लगायतका पूजा सामग्रीहरुले सूर्यलाई अर्घ दिने प्रचलन रहेको उनले बताइन् ।
विशेषगरी तराईबासीले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडी समुदायले पनि आस्थाका साथ मनाउन थालेका छन् ।