उर्लाबारीमा छठ पूजास्थलमै छुरा प्रहार, १४ वर्षीया बालकको मृत्यु

<span class='c1'>उर्लाबारीमा छठ पूजास्थलमै छुरा प्रहार,</span> <span class='c2'>१४ वर्षीया बालकको मृत्यु</span>

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक किशोरको हत्या गरिएको छ । उर्लाबारी–७ मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटलमा भर्ना गरिएको थियो । थप उपचार आवश्यक भएपछि झापाको बिएण्डसी हस्पिटलमा भर्ना गरिएकोमा बिहान ४ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

छुरा प्रहार गर्नेको खोजीलाई प्रहरीले तिव्र बनाएको छ । हत्यामा संलग्नको खोजी कार्यसँगै केही शंकास्पद ब्यक्तिमाथि प्रहरीले निगरानी गरिरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घटनाको अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्