विराटनगरमा दुईवटा अस्थायी मतदानस्थल थप्न सिफारिस

<span class='c1'>विराटनगरमा दुईवटा अस्थायी</span> <span class='c2'>मतदानस्थल थप्न सिफारिस</span>

विराटनगर । मोरङमा थप दुईवटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र बृद्धाश्रममा आश्रित नागरिकले मतदान गर्नका लागि दुई मतदान केन्द्र थप गर्ने निर्णय गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार विराटनगर–८ स्थित मोरङ कारागार र विराटनगर–७ स्थित आदर्श पुस्तकालयमा मतदान केन्द्र थप गर्ने सिफारिस गरिएको हो ।

मोरङमा हालसम्म चारहजार ३१३ जना मतदाता यकिन भईसकेको छ । बाँकी तथ्यांक अझै अद्यावधिक भईरहेको छ । निजामति कर्मचारीसहित अन्य कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र आश्रममा आश्रित नागरिकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । त्यसका लागि विराटनगरलाई केन्द्र बनाएर दुईवटा मतदान केन्द्र थप गर्ने निर्णय गरेर निर्वाचन आयोगमा सिफारिस गरिएको अधिकारीले जानकारी दिनुभयो ।

मोरङका १७ स्थानीय तहमा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र छन् । त्यस बाहेक दुईवटालाई अस्थायी मतदान केन्द्रको रुपमा थपिने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्