विराटनगरबाट फिल्मीशैलीमा मोवाईल एक्सचेन्जकर्ता लुटिए

<span class='c1'>विराटनगरबाट फिल्मीशैलीमा मोवाईल</span> <span class='c2'>एक्सचेन्जकर्ता लुटिए</span>

विराटनगर । अनलाईनबाट मोबाईल एक्सचेन्ज गर्ने एक व्यक्ति विराटनगरमा लुटिएका छन् । ‘सुनसरी स्मार्ट ग्याजेट’ नामक मोवाईल एक्सचेन्ज अनलाईन डेलिभरी गर्ने सुनसरी भोक्राहा १ नर्सिङका संजय कुमार मेहता मोवाईल किन्नेहरुबाट नै लुटिन पुगेका हुन् ।

उनले गत कातिक १० गते आफ्नो अनलाईन डेलभरी पेजमा आईफोन सेभेन बिक्रीमा भनेर पोष्ट गरेका थिए । पेजमा पोष्ट गरेपछि विराटनगरका १४ का कैलास यादव नाम गरेका युवाले खरिद अर्डर दिए । मेहता पुराना तथा नयाँ मोवाईलहरु किन्ने र बेच्ने काम गर्दै आएका छन् । यसै क्रममा कातिक ११ गते शुक्रबार यादवबाट माग भएको मोबाईल बोकेर मेहेता विराटनगर आएका थिए । सुरुमा मेहता र यादवबीच विराटनगरको सेन्ट्रल मलमा भेट्ने योजना रहेको थियो । मेहेताले विराटनगरको सेन्ट्रल बजारमा आएर यादवलाई फोन गरे । तर यादवले त्यहाँ भेटन नसक्ने जनाएपछि विराटनगर १० शान्ति चौकमा बोलाए ।

नभन्दै मेहता यादवले भने कै स्थानमा पुगेका थिए । तर, त्यहाँ नदेखेपछि फोन गर्दा फेरी अरनिको कलेज छेउ आउनुभनेर बोलाएको मेहताले सुनाए । मेहता कलेज छेउमा पुग्दा त्यहाँ दुई जना युवासँग भेट भयो । उनीहरुबीच फोनमा कुराकानी भए बमोजिम मेहताले झोलाबाट आईफोन मोबाईल देखाए ।
सुरुमा यादवले मोवाईलमा आफ्नो आईडी हालेर चेक गरेको मेहताले बताए । त्यही क्रममा अन्य दुई जना युवाहरु आएर घेरेको मेहताले सुनाए । ‘मैले झोलाबाट आईफोन निकालेको केही समयमा अन्य दुईजना युवाहरु जम्मा भए,‘ मसँग झोलामा रहेको अरु मोवाईल पनि जवरजस्ती निकालेर मलाई धकालेर लडाईदिए मेहताले भने ।

एकान्त ठाँउ भएकाले उनले कराएको कसैले नसुकेको बताउँछन् । ‘म आत्तिदै उनीहरुलाई पिछा गर्न खोज्दा उनीहरु मोटरसाईकलमा भागिसकेका थिए ।’ आफुसँग रहेको आईफोन सहित अन्य २ वटा मोवाईल पनि लुटेर फरार भएको मेहताले आवर विराटनगरको कार्यलयमा आएर सुनाए । उनले आफु लुटिएको विषयमा पनि जिल्ला प्रहरी कार्यलय मोरङमा ती युवाहरुको हुलिया सहित उजुरीदिएका छन् । यता जिल्ला प्रहरी कार्यालय मोरङले भने ती युवाहरुको खोजिमा लागी परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्