विराटनगरमा ६ वर्षीया नाबालिगमाथि बलात्कार आरोपमा एक पक्राउ

विराटनगरमा ६ वर्षीया नाबालिगमाथि बलात्कार आरोपमा एक पक्राउ

प्रेम देवान
विराटनगर । पछिल्लो समय बलात्कारका घटना एक पछि अर्को बढ्दै गहिरहेको बेला विराटनगरमा पत्याउनै नसक्ने खालको घटना सार्वजानिक भएको छ । आफ्नै बाबुको साथीद्वारा ६ बर्षिया नाबालिग बलात्कृत भएको घटना बाहिरीएको हो । सुन्दा आश्चर्य लाग्ने यो घटना विराटनगर–११ मा भएको हो । नाबालिगमाथि बलात्कार आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा समेत लिइएको छ ।

विराटनगर १२ का ३८ वर्षीय संजन कामतलाई नाबालिग बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ । पक्राउ परेका कामत बिजुली मिस्त्री हुन् । कामतले घरमा कोही नभएको मौका छोपी ६ वर्षीय नाबालिगलाई गत कार्तिक ११ गते दिउँसो बलत्कार गरेको पीडितले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाको बाबु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् ।

बलात्कार आरोपमा पक्राउ परेका कामत त्यहि घरमा बिद्युत समस्या हेर्न पुगेका थिए । घरको बिद्युत सप्लाईमा समस्या आएपछि पीडित बालिकाको बाबुले कामतलाई घरमा बोलाएर उनी काममा गएका थिए । विद्युतमा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी नाबालिगमाथि जवरजस्ती करणाी गरेको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित बालिकाले कामतले बलत्कार गरेको छिमेकीलाई सुनाएकी थिइन् । छिमेकी महिलाले घटना थाहा पाएपछि आफ्नो श्रीमानलाई जानकारी गराएकी थिइन् । त्यसपछि विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा उक्त विषय जानकारी गराइएको थियो । पीडित बालिकाका बाबुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामत विरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘पीडितका बाबुले जाहेरी दिएपछि पक्राउ गरि अहिले अनुसन्धान सुरू गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरीले बुधबार कामतलाई मोरङ अदादतमा जवरजस्ती करणाी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्