विराटनगरमा दुई वटा लाइन्स क्लब र एउटा लियो क्लबको पदस्थापना

<span class='c1'>विराटनगरमा दुई वटा लाइन्स क्लब</span> <span class='c2'>र एउटा लियो क्लबको पदस्थापना</span>

विराटनगर । लाइन्स क्लब अफ विराटनगर पाथीभरा ,लियो क्लब अफ विराटनगर पाथीभरा र लाइन्स क्लब अफ विराटनगर शुभमले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ।

उक्त क्लबले बुधबार होटल श्री कृष्णमा पदस्थापना कार्यक्रम सम्पन्न गरेको हो ।

लाइन्स क्लब अफ विराटनगर पाथीभराको वर्ष सन् २०२२-२३ को अध्यक्ष लायन एकता थापा सुवेदी,लाइन्स क्लब अफ विराटनगर शुभमको वर्ष सन् २०२२-२३ को अध्यक्ष लायन कमला कडेल र लियो क्लब अफ विराटनगर पाथीभरा वर्ष सन् २०२२-२३ को स्थापक अध्यक्ष लियो आर्या हलवाई हुनुभयो । क्षेत्र ३२५ सी का क्षेत्र गभर्नर लियो धिरज गुरुङले पदभारग्रहण गराउनुभयो ।

उक्त कार्यक्रममा जीएसटी मल्टीपल कोडिनेटर लायन इन्द्र खत्री, आइपीडीजी ए १ लायन रेवत बहादुर कार्की, मल्टीपल डिस्ट्रिक इन्फोर्मेसं टेक्नोलोजी च्यारप्रसं लायन लिला कुमारी ढुंगेल, लाइन्स क्लब अफ विराटनगर शुभमका स्थापक अध्यक्ष लायन पदमा रिजाल, लायन दिपिका कोइरालालगायतको उपस्थिति रहेको थियो।

लाइन्स क्लब अफ विराटनगर पाथीभराको वर्ष सन् २०२२-२३ को अध्यक्ष लायन एकता थापा सुवेदीले कार्यक्रममा बोल्दै १ जना विद्यार्थीलाई (आइटी) को तालिम दिने घोषणा गर्नुभयो।

यी दुई वटै लाइन्स क्लबमा महिलाहरु मात्रै रहेका छन्। लाइन्स क्लबले सामाजिक कार्यहरु गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्