मनमोहन विश्वविद्यालयद्वारा बी.ई.ईन. सिभिल र इलेक्ट्रीकल–इलेक्ट्रोनिक्समा भर्ना आह्वान

मनमोहन विश्वविद्यालयद्वारा बी.ई.ईन. सिभिल र इलेक्ट्रीकल–इलेक्ट्रोनिक्समा भर्ना आह्वान

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको बुढीगंगा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजना अनुरुप स्कूल अफ इन्जिनियरतर्फ बी.ई.ईन सिभिल र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा.सुभाषश्री पोखरेलका अनुसार विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस सञ्चालनमा छन् । त्यसमध्ये स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तहका कक्षाहरुमा भर्ना आह्वान गरिएको हो । उपकुलपति पोखरेलका अनुसार चालु शैक्षिक वर्षका लागि बी.ई.ईन.सिभिल इन्जिनियरिङमा ४८ जना र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ जनाको भर्ना आह्वान गरिएको हो ।

‘सुनसरी–मोरङ र हेटौंडा औद्योगिक करिडोरका उद्योगी तथा तिनका प्राविधिकसँग छलफल गरेरै पाठ्यक्रम तयार पारिएको छ’ उपकुलपति पोखरेलले भन्नुभयो–नेपालका उद्योगमा आवश्यक पर्ने प्राविधिक जनशक्ति भारतबाट आयात गर्नुपर्ने अवस्था दशवर्षमा अन्त्य गर्ने उद्देश्य विश्वविद्यालयले लिइएको छ ।
स्कुल अफ इन्जिनियरिङतर्फ पाँच वर्षे योजना बनाएर शैक्षिक सत्र २०८०÷२०८१ बाट ब्याचलर ईन आर्किटेक्चर, र स्नातकोत्तर तहमा एम.एससी.ईन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विश्वविद्यालयको दोस्रो सभाले यी दुई कार्यक्रम सञ्चालनका लागि अनुमोदन गरिसकेको उपकुलपति पोखरेलले जानकारी दिनुभयो ।

विश्वविद्यालयको शैक्षिक कार्यक्रम बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति पोखरेलले शैक्षिक सत्र २०८३÷२०८७ बाट ब्याचलर ईन बायोमेडिकल इन्जिनियरिङ, बी.ई.ईन. मेकानिकल वा अटोमोवाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्ट वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ तथा विद्यावारिधीतर्फ सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

विश्वविद्यालय अन्तर्गतका तीनवटै स्कुल सञ्चालनमा आएपछि आगामी दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधीतर्फ २८ वटा शैक्षिक विषयमा दुई हजार ८३१ विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको छ । देशमै प्रदेश सरकारले पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालयको रुपमा २०७६ असोज १६ गतेदेखि सञ्चालित छ । शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न सक्ने जनशक्ति उत्पादनका लागि आवश्यक पाठ्यक्रम निर्धारण गरेर शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्