प्रादेशिक आर्थिक पाश्र्वचित्र तीन महिना भित्र प्रकाशन गरिने

<span class='c1'>प्रादेशिक आर्थिक पाश्र्वचित्र तीन</span> <span class='c2'>महिना भित्र प्रकाशन गरिने</span>

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आर्थिक पाश्र्वचित्र निर्माण गर्ने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अगाडी सारेको हो ।

आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने जनाइएको छ । प्रविधिको प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग बाणिज्य संघमार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धि सम्पूर्ण विवरणसहित पाश्र्वचित्र प्रकाशन गरिने भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औधोगिक क्षेत्रलाई आवश्यक पर्ने तथ्यांक एकिकृत गर्ने योजना अनुरुप पाश्र्वचित्र निर्माण गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो । तथ्यांक अभावमा प्राथमिकताका क्षेत्र यकिन गर्न असजिलो भएकोलेस्थानीय र बाह्य क्षेत्रका लगानीकर्ताहरुलाई प्रदेश १ मा नयाँ लगानी भियाउन असहज भएको बताउनुभयो ।
महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक विकासको लागि भरपर्दो तथ्यांकसहितको पाश्र्वचित्र प्रकाशन गरेर योजना बढाउने बताउनुभयो ।

निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पाश्र्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा.अर्जुन बरालले बताउनुभयो । उहाँले पाश्र्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रवद्र्धन गर्ने र सेवा क्षेत्र अन्तरगत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठुलो उपलब्धि थपिने दाबी गर्नुभयो । पाश्र्वचित्रले सवैभन्दा बढि फाइदा नीति निर्माण तहमा पुग्ने डा.बरालले बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारिणी सदस्य एंव होटल एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले यो पाश्र्वचित्र निर्माण भएपछि प्रदेश नं. १ को पर्यटन क्षेत्रको प्रवद्र्धन हुने कुरामा आफु विश्वस्त भएको बताउनु भयो ।
महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार पाश्र्वचित्र निर्माणका लागि जिल्ला÷नगर उद्योग वाणिज्य संघका कार्यकारी सचिव लगायत २० जनालाई अनुशिक्षण दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्