विराटनगरका उद्योगीद्वारा गर्भनरसँग ब्याज घटाउन माग

<span class='c1'>विराटनगरका उद्योगीद्वारा गर्भनरसँग</span> <span class='c2'>ब्याज घटाउन माग</span>

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकहरुले कायम गरेको उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा संकट आउने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले गभर्नर अधिकारीलाई एकल अंकको ब्याजदर वा बैंकहरुको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार बुधबार गभर्नरसँग भेटेर विद्यमान बैंकिङ नीति, चर्को बैंक ब्याजदर, शतप्रतिशत एलसी मार्जिनका कारण औद्योगिक क्षेत्र प्रभावित भएको जानकारी गराइएको थियो ।
बैंकहरुले उद्योगी व्यवसायीहरुले उच्च ब्याजदर असुल्ने काम गरिरहेको, बैंकिङ शुल्क र खर्चहरु बृद्धि भएको, शत्प्रतिशत एलसी मार्जिनका लागि पुँजी अभाव हुने गरेको बताउँदै त्यसबाट आम उपभोक्तामा परेको प्रभावको बारेमा जानकारी गराईको अध्यक्ष रिजालले बताउनुभयो । ‘विद्यमान जटिल समस्यालाई नियन्त्रण गर्न कि त हालको उच्च बैंक ब्याजदरलाई तत्कालै एकल अंकमा कायम गर्नु वा बैंकहरुलाई राष्ट्रियकरण गर्नु पर्ने सुझाव दिएका छौं’ रिजालले भन्नुभयो–यसको समाधानका लागि नेपाल राष्ट्र बैंक गम्भीर हुनुपर्छ ।

उद्योगीहरुको छलफलपछि गर्भनर अधिकारीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने आश्वासन दिनु भएको दावी छ । टोलीमा संघका अध्यक्ष रिजाल, उद्योग संगठनका अध्यक्ष सुयेश प्याकुरेल, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेसहित उद्योगीहरु प्रकाश मून्दडा, महेश कुमार जाजू र पवन कुमार सारडाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्