कार्तिक २३ गते ‘बैंकसँगको कारोबार’ टुटाउने आन्दोलन

<span class='c1'>कार्तिक २३ गते ‘बैंकसँगको</span> <span class='c2'>कारोबार’ टुटाउने आन्दोलन</span>

विराटनगर । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध प्रदेश १ का उद्योगी–व्यवसायीले बैंकसँगको कारोबार टुटाउनेसम्मको आन्दोलन घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा आगामी कार्तिक २२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

कार्तिक २३ गते उद्योगी–व्यवसायीले कुनैपनि बैंकबाट कारोबार नगर्ने आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । आन्दोलन प्रदेश १ का सबै जिल्लाका उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरुको संलग्नतामा हुनेछ । प्रदेश १ का सबै जिल्लामा सम्बन्धित जिल्ला÷नगर संघले आन्दोलनको अगुवाई गर्दै प्रदेश महासंघका कार्यक्रम कार्यन्वयन गर्ने भएका छन् ।

महासंघ प्रदेश १ गते गत कार्तिक ३ गते प्रदेश १ का सबै जिल्ला÷नगर उद्योग व्यापार संघका प्रतिनिधिसँग गरेको छलफलका आधारमा शुक्रबार बसेको बैठकले आन्दोलनको घोषणा गरेको हो । महासंघ प्रदेश १ ले जारी गरेको विज्ञप्तीमा आगामी कार्तिक २३ गते बुधबार बैंकसँग कुनैपनि कारोबार टुटाउने उल्लेख छ । त्यहि दिन दुईघण्टासम्म प्लेकार्ड बोकेर बैंक ब्याज विरुद्ध मौन जुलुस निकालिने छ । आन्दोलनको पहिलो दिन कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालयसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

यसैगरी कार्तिक २५ गते मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने, कार्तिक २८ गते नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समिति विरुद्ध दवावमूलक कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिन जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका पदाधिकारीलाई अनिवार्य महासंघको केन्द्रीय कार्यालयमा उपस्थित हुन भनिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकको ब्याज नियन्त्रणमा नआए आगामी दिन उपभोक्ताका लागि समेत कठिन रहेकोले उद्योगी–व्यवसायीले समयमै पहल लिन खोजेको बताउनुभयो । उहाँले देशैभरी बैंक तथा वित्तीय संस्थाको ब्याज विरुद्ध आन्दोलन भईरहेको बताउँदै प्रदेश १ ले आन्दोलनमा जानु अगाडी नेपाल राष्ट्र बैंक तथा सरकारलाई समस्या राखिसकेको बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्नेतर्फ कसैको ध्यान नगएकोले चुनाव अगाडी नै आन्दोलनमा जानु परेको बताउनुभयो ।

गत बुधबार मोरङका तीनवटा औद्योगिक संस्थाले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक ब्याज नियन्त्रणका लागि पहल लिन आग्रह गरेका थिए । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको टोलिले गर्भनरसँग छलफल गरेर फर्केको दुईदिनपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले १४ जिल्लामा हुने गरि आन्दोलनको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्